बेलायती राजदूत र नेता नेपालबीच भेटवार्ता, नेपाल–बेलायत सम्बन्धका विविध पक्षमा समेत छलफल

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ पौष ४, शुक्रबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

पौष ४, काठमाण्डौ । शुक्रबार नेपालका लागी संयुक्त अधिराज्य बेलायतकी नवनियुक्त राजदूतबिच भेटबार्ता भएको छ । नेपालका लागि संयुक्त अधिराज्य बेलायतकी नवनियुक्त राजदूत निकोला पोलिटले पूर्वप्रधानमन्त्री, नेकपाका वरिष्ठ नेता तथा विदेश मामला विभाग प्रमुख माधवकुमार नेपालसँग शिष्टाचार भेटवार्ता गरेकी हुन् । द्विपक्षीय भेटमा नेपाल–बेलायत सम्बन्धका विविध पक्ष एवम् सहयोग र सम्भावनाका विषयमा समेत कुराकानी भएको सचिवालयको भनाइ छ ।

नेपालको नीजि निवास कोटेश्वरमा शुक्रबार भएको भेटघाटमा नेपालको राजनीति, लोकतान्त्रिक आन्दोलन र शान्ति प्रक्रियामा बेलायतको सहयोगका बारेमा कुराकानी भएको नेपालको सचिवालयले जानकारी दिएको छ । नेता नेपालले बेलायत–नेपालबीच लामो कूटनीतिक सम्बन्ध रहेको चर्चा गर्दै सम्बन्धलाई थप प्रगाढ हुने विश्वास व्यक्त गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस