माघ २४, भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले राजनीतिमा प्रतिष्पर्धा तथा विकास ऐक्यवद्धता भन्ने मान्यतालाई आत्मसात् गरी समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई सार्थकतामा पुर्याउन कुनै पनि अनावश्यक हुलको कुरामा नभई रुल र आवश्यकताको आधारमा अघि बढ्नु पर्ने बताए । उपस्थितिमा राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण विभाग बबरमहल, काठमाडौँले राष्ट्रिय प्राणी उद्यान केन्द्र सूर्यविनायक भक्तपुरमा आयोजना गरेको जैविक विविधता संरक्षकको आधार वातावरण मैत्री पूर्वाधार भन्ने मुल नाराका साथ ३६ औं वार्डेन सेमिनार तथा १८ औं मध्यवर्ति क्षेत्र व्यवस्थापन समितिका अध्यक्षहरुको बैठकलाई सम्बोधन गर्दै उनले कुनै पनि यो वा त्यो वहानामा राजनीतिक आग्रह र पूर्वाग्रहको आधारमा विकासको विरोध गर्नु नहुने उल्लेख गरे ।
राष्ट्रिय हित नै वर्तमान समयको माग तथा आवश्यकता रहेको औंल्याउँदै उनले आर्थिक, सामाजिक, सांस्कृतिक, वातावरण, पर्यटकीय विकासको लागि बनको महत्वपूर्ण भूमिका रहेको बताए । वनलाई उद्योग, कृषि, पर्यटनलगायतका क्षेत्रसँग जोड्नुपर्नेमा जोड दिँदै सांसद बस्नेतले वि।सं। २०७१ सालमा प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका उक्त प्राणी उद्यान अहिले सम्भाव्यता अध्ययन सम्पन्न गरी डिपीआरको प्रकृयामा अघि बढेको जानकारी दिए ।
उक्त प्रकृया अघि बढेसँगै सरकारले आयोजना गरेको लगानी सम्मेलनमा समेत दातालाई आकर्षण गर्न सरकारले विशेष पहल गरेको जसमा धेरैले चोसो देखाएको बताए । सडक, खानेपानीलगायतका कार्यहरु सम्बन्धीत निकायसँग समन्वयन सम्बन्धीत कार्यहरु भइरहेको उल्लेख गर्दै उनले कुनै पनि कार्यमा देशभर भएका गतिविधिलाई अनुभवको रुपमा मानि भक्तपुरमा आधुनिक तवरले अघि बढेको स्पष्ट पारे ।
कुनै पनि संक्रमणकालिन अवस्थामा समस्या तथा जोखिमहरु धेरै हुने भएकाले त्यसलाई समाधान गरी अघि बढ्नु पर्नेमा जोड दिँदै उनले वनमा रहेका अनुत्पादक चिजलाई हटाई उत्पादक चिजलाई वृद्धि गर्नुपर्ने धारणा राखे । आयआर्जमा आधारित वन प्राणीको विकास जरुरी रहेको औंल्याउँदै सांसद बस्नेतले वनको विकास र संरक्षणको साथ साथै सुरक्षालाई समेत विशेष ध्यान दिन जरुरी रहेको बताए ।
उक्त प्राणी उद्यान केन्द्रको चक्रपथको रुपमा १४ मिटरको सडक निर्माण भइरहेको उल्लेख गर्दै राम्रो काम गर्ने सवालमा केही समस्याहरु आउन सक्ने बताउँदै समस्या समाधान गरी जनताको साथ लिएर नै अघि बढ्न सक्ने जनप्रतिनिधि तथा संम्बनधीत निकायको क्षमता तथा दक्षता प्रस्तुत गर्नुपर्ने वर्तमान समयको आवश्यकता रहेको उल्लेख गरे ।