काठमाडौंका सडकले मुहार फेर्दै, पैदल यात्रामा मन्त्री मानन्धर आफै निस्किए !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ चैत्र १, शनिबार (५ साल अघि)
  • ३१ पटक पढिएको
Post Thumbnail

चैत्र १, काठमाण्डौ । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले काठमाडौंका सडकको अवस्थाबारे स्थलगत अनुगमन थालेका छन् । सरकारले उपत्यकाका खाल्डाखुल्डी पुर्ने र कालोपत्रे गर्ने कामलाई तीव्रता दिएसँगै पछिल्लो अवस्थाबारे मन्त्री मानन्धरले पैदल अनुगमन गरेका हुन् । शुक्रबार बिहान मन्त्री मानन्धरले बालाजु चोकदेखि सोह्रखुट्टेसम्म कालोपत्रे गरिएको सडकको अनुगमन गरेका हुन् । यस्तै, बालाजु नयाँबजारस्थित विष्णुमती करिडोरको लिंक रोडमा गर्न लागिएको कालोपत्रेबारे पनि मन्त्री मानन्धरले अवलोकन गरे । सडक कालोपत्रे र रेखांकनको अवस्थाबारे अनुगमन गर्न पुगेका मन्त्री मानन्धरले बालाजु क्षेत्रमा हुने जाम घटाउनका लागि बालाजु पुलको तलबाट अण्डरपास निर्माण गर्ने तयारी भइरहेको जानकारीसमेत दिएका छन् ।

मन्त्री मानन्धरले काठमाडौं उपत्यकामा कालोपत्रे गरिएका र हुन लागेका सबै स्थानको अवलोकन तथा निरिक्षण गरिने बताए । ठेकेदारले कालोपत्रे गर्दा प्रयोग गरेको सामग्रीको गुणस्तर परीक्षण गरिने बताउँदै मन्त्री मानन्धरले कमसल सामग्री प्रयोग गरेको पाइए कारबाही गरिने चेतावनीसमेत दिए । शहरको सुन्दरतालाई कायम राख्न र धुवाँ धुलोमुक्त राजधानी बनाउनका लागि सरकारले प्रयास गरिरहेको बताउँदै मन्त्री मानन्धरले पछिल्लो समयमा कालोपत्रेको कामलाई तिब्रता दिइएको बताए । भौतिक मन्त्रालय र शहरी विकास मन्त्रालयको समन्वयमा उपत्यकाका सडकलाई व्यवस्थित पार्न लागिएको बताउँदै मन्त्री मानन्धरले आफ्नो क्षेत्रमा भएको विकास निर्माणबारे चासो देखाउन सर्वसाधारणलाई आग्रह समेत गरे । केही समयभित्र उपत्यकाका भित्री र बाहिरी सडकको स्वरूप परिवर्तन हुने बताउँदै मन्त्री मानन्धरले समस्या भएको स्थानका बारेमा सरकारलाई तत्काल खबर गर्न सर्वसाधारणलाई आग्रह समेत गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस