वैशाख ७, काठमाडौँ । शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका डाक्टर शेरबहादुर पुनलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्पष्टीकरणको शुक्रबार पत्र काटेको भन्दै विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा शनिबार चर्चाको विषय बन्यो ।
तर मन्त्रालयद्वारा गरिने नियमित पत्रकार सम्मेलमा कोरोना उपचार र पहिचानको विषयमा छलफल गर्नका लागि डा। पुनलाई डाकेको मन्त्रालयले स्पष्ट पारेको छ । सामाजिक सञ्जाल र मिडियाहरुले कुरा नबुझिकन मन्त्रालय र मन्त्री भानुभक्त ढकाललाई अनावश्यक टिकाटिप्पणी नगर्न मन्त्रालयले ध्यानाकर्षण समेत गराएको छ ।
डाक्टर पुनलाई मन्त्रालयले स्पष्टिकरण सोधेको विषयमा विभिन्न सञ्चारमध्यमा समाचार शनिबार बाहिरिएपछि चिकित्सकको मनोबल कमजोर बनाउनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्पष्टिकरण सोध्न लागेको भन्दै सरकारको चर्को आलोचना भइरहेको थियो ।