राष्ट्रहित प्रतिकूल हुने गरी विकास सहयोग स्वीकार गरिदैन् : परराष्ट्रमन्त्री ज्ञवाली

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ जेष्ठ २७, मंगलबार (४ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

जेठ २७,काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले दातृ राष्ट्र वा विकास साझेदारसँग सहयोग लिँदा कुनै पनि सैन्य गठबन्धनमा सहभागी हुने गरी नलिने बताएका छन् ।

प्रतिनिधि सभामा मंगलबार विनीयोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले राष्ट्रहित प्रतिकूल हुने गरी विकास सहयोग स्वीकार नगर्ने बताए ।

‘विकास निर्माणको काम गर्दा नेपाल कुनै पनि रणनीतिक वा सैन्य गठबन्धनमा सहभागी हुँदैन’ मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)बारे सांसदहरूले सोधेका प्रश्नबारे बोल्दै मन्त्री ज्ञवालीले भने, ‘भविष्यमा राष्ट्र हित प्रतिकूल हुने गरी सहयोग लिइने छैन भन्ने आग्रह गर्न चाहन्छु ।’

एमसीसीको सन्दर्भमा बहस गर्दा आत्मविश्वासमा कमी देखिएको उनको भनाई छ । ज्ञवालीले भने, ‘वनको बाघले खाओस् नखाओस् मनको बाघले खान्छ भन्ने गरीको छलफलले हाम्रो राष्ट्रिय हितलाई बलियो बनाउँदैन, हाम्रो आत्मविश्वासको कमीलाई मात्रै त्यसले प्रदर्शन गर्छ । यस्तो अनावश्यक बहसमा नअल्झन आग्रह गर्दछु ।’

ताजा अपडेट

खोजी गर्नुहोस