चीन-भारत विवादमा नेपाललाई तान्दै चीन ! सरकारले प्रतिक्रिया जनाएन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ अषाढ ५, शुक्रबार (४ साल अघि)
  • ३५ पटक पढिएको
Post Thumbnail

असार ५, काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीको मुखपत्र ग्लोबल टाइम्सको जुन १८ को एक समाचारमा भारत बिरुद्ध नेपाल, पाकिस्तान र चीनको त्रिदेशीय सैन्य गठवन्धनको संकेत गरेको देखिएको छ । समाचारसँगै उसले आफ्नो ट्वीटर ह्यान्डलबाट भारत एकैपटक चीन, पाकिस्तान र नेपालसँग सीमा विवादमा अल्झिएको जनाउँदै भारतले तनाव बढाएको खण्डमा उसले दुई वा तीनै तिरबाट सैन्य दवाव झेल्नु पर्ने चेतावनी दिएको हो ।

चीनको सरकारी मुखपत्र समेत रहेको ग्लोवल टाइम्सको सो समाचारमा भारतलाई सीमामा तनाव नबढाउन चेतावनी दिइएको छ । सो पत्रिकाले सो चेतावनी दिइरहँदा भारत विरुद्धको सैन्य गठवन्धनमा नेपाल खडा हुने जनाएको हो । चिनियाँ सरकारको मुखपत्रमा आएको सो समाचारबारेमा सरकारले कुनै प्रतिक्रिया जनाएको छैन ।

नेपाल र भारतबीच सीमामा विवाद भइरहँदा नेपालले भारत बिरुद्ध सैन्य मोर्चा खोल्न सक्ने आशयका साथ आएको चीनको सो टिप्पणीका बारेमा नेपाल सरकारले आफ्ना देशका नागरिकलाई केहि बताएको छैन । हामी भारतसँग युद्धको अवस्थामा पुगेको हो वा होइन केहि नभनी अर्को छिमेकी देशले सैन्य मोर्चा खोल्ने कुरा निकै गम्भिर रहेको सैन्य मामिलाका जानकारहरु समेत बताउँछन् ।

कुटनीति क्षेत्रका जानकारहरु चीनको रणनीति नेपाललाई भारतसँग भिडाउने खालको देखिएको बताउँछन् । भारतसँगको सीमा विवाद दुई देशबीच कुटनैतिक तथा राजनैतिक रुपमा हल गर्ने विषय हो। यसलाई कुटनैतिक तथा राजनैतिक तहबाट हल गर्ने प्रयास हुनुअघी नै अर्को छिमेकी चीनले सैन्य कार्वाहीबाट समाधान खोज्न नेपाललाई उक्साउने कार्य उचित नभएको टिप्पणी नेपाल भित्र पनि भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस