तीन महिनापछि नेपाल–भारतबीच पहिलो पटक छलफल हुँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ श्रावण २९, बिहिबार (४ साल अघि)
  • ३४ पटक पढिएको
Post Thumbnail

साउन २९, काठमाण्डौ । नेपालको भूमिमा भारतले सडक बनाएपछि ठप्प भएको नेपाल–भारत संवाद फेरि सुरु हुने भएको छ । भारतीय अनुदानमा नेपालमा निर्माण भइरहेका आयोजनाको समीक्षा गर्न अगस्ट १८ तारिखमा भिडियो संवाद हुन लागेको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

भिडिओ संवादको नेतृत्व नेपालको तर्फबाट परराष्ट्र सचिव शंकरदास बैरागीले र भारतको तर्फबाट नेपालका लागि भारतीय राजदूत विजयमोहन क्वात्राले गर्ने द इण्डियन एक्सप्रेसले जनाएको छ । भिडिओ वार्तामा कोरोना भाइरसको महामारीका विषयमा पनि छलफल हुनेछ ।

भारतले भूकम्पपछिको पुनर्निर्माण, हुलाकी राजमार्ग, रेल, पुलिस तालिम केन्द्र, पेट्रोलियम पाइपलाइन लगायतका परियोजनामा सहयोग गरिरहेको छ । भारतले यो वर्षको बजेटमा आठ सय करोड भारतीय रुपैयाँ विनियोजन गरेको छ । यी परियोजनाको विषयमा संवाद हुनेछ । सन् २०१९ को नोभेम्बरमा भारतले जारी गरेको नक्सामा नेपाली भूमि पनि समावेश गरेपछि दुई देशबीचको सम्बन्ध चिसिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस