एसिड आक्रमणमा परेकाहरुको पक्षमा प्रधानमन्त्रीको ५ घोषणा हेर्नुहोस्

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ भाद्र २५, बिहिबार (४ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

भाद्र २५,काठमाडौं । कार्यक्रममा प्रधानमन्त्री ओलीले एसिड आक्रमणमा परेकाहरुको पक्षमा ५ महत्वपूर्ण घोषणा गरेका छन् । पहिलो, एसिड आक्रमण नियन्त्रण र खुला विक्री वितरणलाई नियमन गर्न कानूनमा देखिएको समस्या सम्बोधन गर्ने गरी १५ दिनभित्र मस्यौदा बनाउन निर्देशन दिएका छन् ।

दोस्रो, सजाय कम भएको गुनासो जायज छ, यसलाई कानून बनाउँदा सम्बोधन गर्नुस् । महान्यायाधिवक्ता खरेलले भने, ‘पीडितहरुले हाम्रो घाउ हेरेर होइन, हाम्रो पीडालाई बुझेर सजायसम्बन्धी व्यवस्था गर्नुस् भन्नु भएको छ । प्रधानमन्त्रीले पनि यसलाई गम्भीर रुपमा लिनुभएको छ । ’ अहिले ३ देखि ८ वर्षसम्म सजय हुने व्यवस्था छ । अब यो बढ्ने बताइएको छ । एसिड खरिद बिक्रीको निमयन गर्न एउटा र एसिड आक्रमणको सजायबारे अर्को कानून बनाउने तयारी छ । अहिले संसद नभएकाले अध्यादेशमार्फत दुबै कानून आउन सक्छ ।

तेस्रो, एसिड अक्रमणका घटनालाई निरुत्साहित गर्न नयाँ कानूनबारे प्रचात्मक अभियान चलाइनेछ । प्रधानमन्त्रीले सेप्टेम्बर १० लाई एसिड आक्रमण विरुद्धको जागरण दिवसका रुपमा बनाउने बताए ।

चौथो, एसिड आक्रमणमा परेकाहरुको उपचार निःशुल्क गरिनेछ । यसका लागि वीर, त्रिवि शिक्षण, पाटन र कीर्तिपुर अस्पताल तोकिएको छ ।

पाँचौं, एसिड आक्रमणमा परेकाहरुले चाहेको अध्ययन वा उद्यम गर्न सरकारले सहयोग गर्नेछ । प्रधानमन्त्री ओलीले त्यसका लागि आवश्यक बन्दोबस्त गर्न शिक्षा र उद्योग सचिवलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले आगामी सोमबार बस्ने मन्त्रिपरिषदबाट पनि थप केही घोषणा हुने जानकारी दिएका छन् । साथै सरकार आगामी दिनमा एसिड आक्रमणको पीडा कसैले भोग्न नपर्ने स्थिति सिर्जना गर्न लागिपर्ने बताएको प्रेस सल्लाहकार थापाले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस