खानेपानी विभागमा पहिलो पटक महिला महानिर्देशक नियुक्त

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ भाद्र २७, शनिबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

भाद्र २७,काठमाडौँ । खानेपानी र ढल व्यवस्थापनको जिम्मेवारी बोकेको खानेपानी तथा ढल व्यवस्थापन विभागले इतिहासमै पहिलो महिला महानिर्देशक पाएको छ ।

पाँच दशक लामो इतिहास बोकेको विभागमा महिला महानिर्देशकको रुपमा मीना श्रेष्ठ नियुक्त हुनुभएको हो । यसअघि श्रेष्ठ विभागको उप महानिर्देशक थिइन् । विभागका महानिर्देशक सुनिलकुमार दास खानेपानी मन्त्रालय सरुवा भएसँगै विभागको महानिर्देशकमा श्रेष्ठलाई नियुक्त गरिएको हो ।

श्रेष्ठले आफ्नो जिम्मेवारी सम्हालेको मन्त्रालयका सहसचिव तथा प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए । नेपालभित्र खानेपानी र ढल व्यवस्थापन सम्बन्धी सेवा सञ्चालनको व्यवस्था गर्न २०२९ सालमा खानेपानी तथा ढल व्यवस्थापन विभाग स्थापना गरिएको थियो ।

श्रेष्ठ २०५३ सालदेखि सरकारी सेवामा हुनुहुन्छ । श्रेष्ठले आफूलाई मन्त्रालयले विश्वास गरेर प्रदान गरेको जिम्मेवारी सबैको सहकार्यमा सम्पन्न गर्ने बताएकी छिन् ।

ताजा अपडेट

खोजी गर्नुहोस