असोज ३, काठमाण्डौ । संविधान दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम हुने भएको छ । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले संविधान दिवसका अवसरमा बिहान साढे ९ बजे सैनिक मञ्च टुँडिखेलमा हुने विशेष कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । प्रधानमन्त्री ओलीले देशरविदेशमा रहेका नेपालीलाई शुभकामना साथै संविधान कार्यान्वयनको अवस्थाबारे सम्बोधन गर्नेछन् ।