कार्तिक २५, काठमाण्डौ । नेपाल र भारतबीच एक वर्षदेखिको ‘औपचारिक संवादहीनता’ लाई अन्त्य गर्न भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगला नेपाल आउने भएका छन् । भारतीय सञ्चार माध्यमहरुले श्रृंगला आगामी मंसिर ११ मा दुई दिने नेपाल भ्रमण गर्ने उल्लेख गरेका छन् । भारतीय संचार माध्यमहरुले श्रृंगलाको भ्रमणलाई एक वर्षयता खराब बन्न पुगेको दुई देशबीचको सम्बन्ध सुधारका लागि दिल्लीले प्रयास थालेको संकेत रुपमा उल्लेख गरेका छन् ।
अघिल्लो साता मात्र भारतीय स्थलसेना प्रमुख मनोज मुकुन्द नरवणेको तीन दिने भ्रमणका लागि काठमाडौं आउनु भएको थियो । त्यसैगरी कात्तिकको पहिलो साता भारतीय जासुसी संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयलले पनि काठमाडौं आएका थिए ।