मंसिर १४, काठमाडौ । चीनका रक्षामन्त्री तथा स्टेट काउन्सिलर वेइ फेङ्हे आज नेपाल आउदै छन् । परराष्ट्र मन्त्रालयले फेङ्हे आउने एक दिनेअघि उनको भ्रमणबारे औपचारिक जानकारी गराई सकेको छ । एक दिने भ्रमणका क्रममा फेङ्गेले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री एवम् रक्षामन्त्री केपी शर्मा ओलीका साथै प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेट गर्नेछन् । फेङ्हे आजै स्वदेश फर्किने कार्यक्रम रहेको छ ।