चिनियाँ उच्चस्तरीय टोली नेपाल आउँदै,नेकपाका दुवै समूहका शीर्ष नेताहरूसँग भेटवार्ताको कार्यक्रम

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ पौष १२, आईतबार (४ साल अघि)
  • १२ पटक पढिएको
Post Thumbnail

पुस १२, काठमाडौं । चीनको कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौ नेतृत्वको एक उच्चस्तरीय प्रतिनिधिमण्डल आइतबार काठमाडौं आउँदै छ । सत्ताधारी दल नेकपामा आएको विभाजनले नेपालमा राजनीतिक अस्थिरता बढ्ने देखिएपछि नेपालको राजनीतिक घटनाक्रमबारे जानकारी लिने उद्देश्यले चार सदस्यीय चिनियाँ टोली आउने भएको हो ।

उपमन्त्री कुओ नेतृत्वको प्रतिनिधिमण्डल नेपालमा चार दिन रहनेछ। त्यस क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधनमन्त्री केपी शर्मा ओली, नेकपाको एक समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल, माधवकुमार नेपाललगायत नेतासँग भेटवार्ता गर्ने तय भएको छ । नेकपा विभाजनपछि चिनियाँ कम्युनिस्ट पार्टीका तर्फबाट नेपाल आउन लागेको कुओ नेतृत्वको यो उच्चस्तरीय भ्रमण टोली हो। नेपालको सरकार चीनतिर ढल्किरहेको आरोप लाग्दै आएको थियो।

नेपाल र चीनका दुई कम्युनिस्ट पार्टीबीच भाइचारा सम्बन्ध विकास भएको थियो । नेकपाको स्कुल विभाग र चीनको अन्तर्राष्ट्रिय विभागका तर्फबाट गत वर्ष असोजमा काठमाडौंमा कार्यशाला सम्पन्न भएको थियो। उक्त कार्यशालामा सी चिनफिङ पथबारेको वैचारिक राजनीतिक प्रशिक्षण, लगत्तै चीनका राष्ट्रपति सीको नेपाल भ्रमणलगायत कारण पनि नेपालको कम्युनिस्ट पार्टी चीनतिर ढल्किएको विश्लेषण हुँदै आएको थियो । भारतसँगको सीमा विवादका कारण सम्बन्धमा खटपट भइरहेका बेला चिनियाँसँगको सम्बन्ध विकासले पनि सो खालको विश्लेषण हुँदै आइरहेको थियो । अन्नपूर्ण पोष्टबाट

 

ताजा अपडेट

खोजी गर्नुहोस