प्रदेश १ का मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ पौष १२, आईतबार (४ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

पुस १२, काठमाण्डौ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । प्रदेशसभाका ३६ जना सांसदहरुले अविश्वासको प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गरेका हुन् । निवर्तमान अर्थमन्त्री इन्द्रबहादुर आङ्बोले प्रस्ताव दर्ता गर्नुभएको हो । प्रदेश १ मा ९३ सांसद छन् । तीमध्ये नेकपाका ६७ सांसदमध्ये प्रचण्ड–माधव पक्षमा ४० बढी सांसद छन् । यसअघि प्रदेशका सामाजिक विकास मन्त्रीसहित तीन जनाले राजीनामा दिएका छन् ।

सामाजिक विकास मन्त्री जीवन घिमिरेसहित राज्यमन्त्री जसमाया गजमेर र उद्योग पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजयकुमार विश्वासले राजीनामा दिए । हिजो मात्रै आर्थिक मामिला तथा योजना मन्त्री आङ्बोलाई मुख्यमन्त्री राईले पदबाट बर्खास्त गरेका थिए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस