मुख्यमन्त्री राईको अठोट : ‘अविश्वास प्रस्तावको सामना गर्छु’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ पौष १२, आईतबार (४ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

पुस १२, विराटनगर । नेकपा भित्र उत्पन्न राजनीति अस्थिरताको सिकार भएका प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आइतबार प्रदेशसभामा आफु विरुद्ध पेश गरिएको अविश्वास प्रस्ताव सुविधाजनक बहुमतका साथ सामना गर्ने बताएका छन् । उनले संघीयतालाई ‘कोल्याप्स’ गर्ने चालबाजीका रुपमा अविश्वास प्रस्ताव आएको भन्दै त्यसलाई असफल बनाउने दावी गरे ।

‘प्रदेश सरकार असक्षम भएर नभई सुनियोजित, बनिबनाउ र खास ठाउँबाट निर्देशित भएर प्रदेशहरुलाई कमजोर बनाउने, अस्थिरता र कमजोर बनाउने र संघीयतालाई संस्थागत हुन नदिन निर्देशित ढंगबाट अविश्वास प्रस्ताव आएको हुनाले यसको सामना म आरामले गर्ने छु ’ राईले भने ।

ताजा अपडेट

खोजी गर्नुहोस