पुस १२, काठमाडौ । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी जसपाका नेता डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओली गणतन्त्रविरोध भएको आरोप लगाएका छन् । जसपाको काठमाडौंमा जारी सरकारविरुद्धको प्रदर्शनमा सम्बोधन गर्दै नेता भट्टराईले यस्तो बताएका हुन् ।
पहिलेदेखि नै ओली गणतन्त्र र संघीयताको विरोधी भएको उनले उल्लेख गरे । ओलीले राज्यका सबै अंग क्रमशस्कब्जा गर्दै लगेको र विभिन्न निकायबाट आफ्ना मान्छे टिपेर नियुक्त गरेको समेत आरोप लगाए । प्रचण्ड-नेपाल समूहलाई इंगित गर्दै उनले भने, खडगप्रसादले खड्ग प्रहार गरिरहेका छन् । तपाईको टाउकोमा हान्न मात्र बाँकी छ । महेन्द्रको प्रतिगमनलाई ३० वर्ष लाग्यो, ज्ञानेन्द्रको ४ वर्ष लाग्यो अब केपीको कदमलाई केही महिनाभित्रै उल्टाउन सक्छौं, आउनुहोस् संयुक्तरुपमा त्यतातिर लागौं ।