नेकपा पर्साको अगुवा कार्यकर्ता भेला सम्पन्न

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ पौष १३, सोमबार (४ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

दिपू वर्णवाल

पुस १३, बिरगंज । नेपाल कम्युनिष्ट पार्टी नेकपा पर्साको अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । देशमा लोकतन्त्र संस्थागत गर्न आगामी रणनिती तय गर्नका लागि कार्यकर्ता भेलाको आयोजना गरिएको हो । नेकपा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली गण्तन्त्र, संघियता बिरोधी रहँदै आएको र अहिले कम्युनिष्ट आन्दोलन बिरोधी पनि देखिएको संविधान सभा सदस्य बिचारी यादवले बताए । नेता यादवले केपी ओलीलाई कुनै ठाउँ नदिनु नत्र यसले दुर्घटना गराई दिन्छ भनेर मदन भण्डारीले नै भनेको स्मरण गरे । मदन भण्डारीले भनेको कुरा आज सत्य साबित भएको र यस्तो दिन हेर्न पाइएको उनको जिकिर थियो । नेपाल कम्युनिष्ट पार्टी फुटनुको कारणले अहिले असली कम्युनिष्टको आँखाबाट आँशुु झरिरहेको यादवको भनाई थियो ।

उनले आफुहरुले १० बर्ष काम गरेपछि मात्रै कम्युनिष्ट पार्टीको सदस्यता पाएको तर, अहिले ओली पक्षले मानिसहरुलाई जबरजस्ती केन्द्रिय सदस्य बनाई रहेको आरोप लगाएका थिए । हातमा बन्दुक उठाउन तयार रहेको तर, कसैले देखाएको ललिपपको पछि नलाग्ने यादवको कथन थियो । प्रचण्ड–नेपाल समुहको भेलालाई सम्बोधन गर्दै प्रदेश सदस्य छोटेलाल यादवले अहिले केपी ओली समुहले पर्साका लम्पट पुँजीबादीहरुलाई समातेर केन्द्रिय सदस्य बनाएको बताए । उनले संसद विघटनले राजावादीहरुलाई फाईदा पुगेकोले कम्युनिष्ट आन्दोलनलाई संरक्षण गर्नुपर्ने बेला आएको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस