चिनियाँ उच्चस्तरीय टोली र नेकपा अध्यक्ष प्रचण्डबीच भेटवार्ता

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ पौष १३, सोमबार (४ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

पौष १३,काठमाडौँ । नेपालको चार दिने भ्रमणमा रहेको चिनियाँ उच्चस्तरीय टोली आज दोस्रो दिन पनि राजनीतिक भेटवार्तामा व्यस्त हुने भएको छ ।

नेकपा विवाद र संसद विघटनपछि नेपाल आएको चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग उपमन्त्री गुओ येझाउ नेतृत्वको टोली आइतबार नेपाल आएको हो । नेपाल आएलगत्तै टोलीले उच्चस्तरीय भेटघाट सुरु गरेको हो ।

चिनियाँ टोली अहिले नेकपा ९प्रचण्ड(माधव पक्ष० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न खुमलटार पुगेको छ । अहले अध्यक्ष प्रचण्डसँग चिनियाँ टोलीको भेटवार्ता भइरहेको छ । प्रचण्डलाई भेटेपछि आजै अर्का अध्यक्ष माधवकुमार नेपाललाई चिनियाँ टोलीले भेट्दैछ ।

आइतबार काठमाडौं उत्रिएलगत्तै उक्त टोलीले दूतावासमा ब्रिफिङ लिएपछि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर छलफल गरिसकेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस