पुस १३, काठमाण्डौ । प्रतिनिधिसभा विघटन र त्यसपछि भएको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका विभाजनपछि नेपाल आएको चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधि मण्डल भेटघाटमा सक्रिय छ । चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउ नेतृत्वको टोलीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरेको छ ।
सोमबार बिहान ९ बजे प्रचण्डनिवास पुगेको गुओ येझाउको टोलीले करिब १ घण्टा प्रचण्डसँग छलफल गरी बाहिरिएको प्रचण्डको सचिवालयले पुष्टि गरेको छ । प्रचण्डसँगको वार्तापछि चिनियाँ टोली सो खेमाका अर्का अध्यक्ष माधवकुमार नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुग्ने स्रोतले जानकारी दिएको छ ।