पुस १५, काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहले वाग्मती प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई चयन गरेको छ । काठमाडौं कोटेश्वरस्थित पेरिसडाँडामा बसेको पुष्पकमल दाहाल–माधव नेपाल समूहका प्रदेश सांसदहरुको बैठकले मुख्यमन्त्री डोरमणि पौडेललाई हटाएर शाक्यलाई संसदीय दलको नेता चुनेको हो ।
सोही समूहले यसअघि वाग्मती प्रदेशसभामा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्दै मुख्यमन्त्रीको उम्मेदवारमा शाक्यलाई प्रस्ताव गरेको थियो । नेकपामा प्रधानमन्त्री केपी ओलीले संघीय संसद विघटन गरेपछि प्रदेश तहमा पनि एकले अर्को पक्षलाई कार्वाही गर्ने र पदबाट हटाउने अभियान तीब्र बनेको छ ।