अमेरिकी राजदूत बेरीले दिए प्रधानमन्त्री देउवालाई भेटेर बधाई

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ अषाढ ३१, बिहिबार (३ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

असार ३१, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले भेटेरै बधाई दिएका छन् ।

देउवाले प्रधानमन्त्री पदको शपथ लिएकै दिन सामाजिक सन्जाल ट्वीटरमार्फत् बधाई दिएका राजदूत बेरीले बिहीबार देउवालाई भेटेका हुन् ।

देउवालाई भेट्न राजदूत बेरी बिहीबार बुढानीलकण्ठस्थित निवास पुगेका थिए । भेटमा राजदूत बेरीले प्रधानमन्त्रीमा निर्वाचित भएकोमा बधाई दिंदै उनको कार्यकालमा दुई देशबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरेको देउवाको सचिवालयले जनाएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस