एमाले संसदीय दलको बैठकमा माधव समूहको अनुपस्थित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ श्रावण १, शुक्रबार (३ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

साउन १,काठमाडौँ । नेकपा एमालेको संसदीय दलको बैठक बानेश्वरमा शुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बैठक शुरु भएको हो ।

बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरु भने अनुपस्थित छन् । अध्यक्ष केपी शर्मा ओलीले बिहान बोलाएको दलको बैठकमा संसदमा पार्टीको भूमिकाबारे छलफल हुने प्रमुख सचेतक विशाल भट्टराईले बताए ।

सत्तबाट ओली बाहिरिएपछि पहिलो पटक संसदीय दलको बैठक बसेको हो । आइतबार पुनर्स्थापित प्रतिनिधिसभाको बैठक बोलाइएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस