रौतहटमा अग्रता फराकिलो पार्दै माधव नेपाल

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ मंसिर ७, बुधबार (२ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

मंसिर ७, काठमाडौं । रौतहट क्षेत्र नम्बर १ का एकीकृत समाजवादीका उम्मेदवार माधवकुमार नेपालको अवस्था थप सुदृढ बन्दै गएको छ । आफूसँग प्रतिस्पर्धामा रहेका नेकपा एमालेका अजय गुप्तालाई पछि पार्दै नेपालले मतान्तर फराकिलो पारेका छन् ।

नेपालले हालसम्म १९ हजार २११ मत प्राप्त गरेका छन् । एमालेका गुप्ता नेपालभन्दा ४ हजार ७२४ मतले पछाडि परेका छन् । उनले १४ हजार ४८७ मत हासिल गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस