‘अब प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ’ : अध्यक्ष ओली

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० अषाढ २१, बिहिबार (१ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

असार २१, काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा चाहिएको बताएका छन् ।

राष्ट्रिय स्वाधिनता, स्वाभिमान, संविधान र संसदमाथिनै घोर अपमान हुने खालको अभिव्यक्ति आएकाले प्रधानमन्त्री दाहालले राजीनामा दिन आवश्यक रहेको ओलीको प्रष्टिकरण थियो । प्रधानमन्त्री दाहालले केही दिन अघि भारतीय नागरिक प्रितम सिंहले आफूलाई प्रधानमन्त्री बनाउन भारतसँग पटकपटक पहल गरेको अभिव्यक्ति दिएपछि एमालेलगायतका विपक्ष दलहरुले राजीनामा माग गर्दै बुधबार संसद बैठक अवरुद्ध पारेका थिए ।

त्यसलगत्तै ओलीले सञ्चारकर्मीहरुमाझ सो अभिव्यक्तिबारे प्रधानमन्त्री दाहालको स्पष्टिकरण नभई राजीनामानै आफ्नो पार्टीलाई चाहिएको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस