सरदार प्रितम सिंहको प्रष्टीकरण: प्रचण्डसँग पारिवारिक सम्बन्ध मात्रै हो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० अषाढ २१, बिहिबार (१ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

असार २१,काठमाडौँ । सरदार प्रितम सिंहले राजनीतिक रूपमा कुनै किङ मेकर नभई सामान्य मान्छे भएको प्रष्टीकरण दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनअघि दिएको अभिव्यक्तिबारे प्रस्ट पार्दै सिंहले प्रचण्डसँग राजनीतिक नभई पारिवारिक सम्बन्ध मात्रै भएको बताए ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै सिंहले आफू राजनीतिक व्यक्ति नभएकाले अरू धेरै कुरा थाहा नभएको पनि बताए । प्रचण्डले दिएको अभिव्यक्तिलाई लिएर विवाद भएकोमा सिंहले आश्चर्य समेत प्रकट गरेका छन् । ‘प्रधानमन्त्री प्रचण्डसँग मेरो व्यक्तिगत सम्बन्ध मात्रै हो । जुन बेला मैले भेट्दा कुरा गरेको थिए ।

त्यो बेला हाम्रा गाडीहरू जलाइएका थिए । उहाँकी जेठी छोरी बिरामी भएपछि उपचार गर्न भारत गएकी थिइन्’ सिंहले भने, ‘उहाँ (प्रचण्ड) ले मलाई यस्तो दुःखको समयमा मेरो छोरीलाई सहयोग गर्नुभयो । त्यस हिसाबले मेरो पारिवारिक सम्बन्ध बाहेक अरू केही छैन । मैले अस्ति ५ वर्षपछि भेटे हुँला । त्यो बीचमा मैले भेटेको छैन ।’ सिंहले प्रचण्डका छोरा प्रकाश दाहाल आफ्नो नातिको साथी भएको पनि स्मरण गराए ।

ताजा अपडेट

खोजी गर्नुहोस