एमालेको अवरोधपछि राष्ट्रियसभाको बैठक शुक्रबारसम्म स्थगित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० अषाढ २१, बिहिबार (१ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

असार २१, काठमाडौँ । राष्ट्रिय सभाको बैठक शुक्रबारसम्म स्थगित भएको छ । बिहीबार राष्ट्रिय सभा बैठकमा प्रमुख प्रतिपक्ष दलले अवरोध गरेपछि अध्यक्ष गणेश तिमिल्सिनाले शुक्रबार दिउँसो १२:२९ सम्मका लागि स्थगित गरेका हुन् ।

बुधबारबाट राष्ट्रिय सभा र प्रतिनिधि सभामा नेकपा एमालेका सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिलाई लिएर राजीनामा माग गर्दै संसद अवरुद्ध गर्दै आएको छ । प्रधानमन्त्री दाहालको अभिव्यक्तिलाई लिएर एमाले सांसदहरूले बैठक सुरू हुनेबित्तिकै आज दोस्रो दिन पनि राजीनामा माग गरेका छन् ।

एमाले सांसद भैरवसुन्दर श्रेष्ठले प्रधानमन्त्रीको अभिव्यक्तिले देशको गरिमामा आँच पुर्‍याएको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस