प्रधानमन्त्रीले राजीनामा नदिए संसद चल्न नदिने एमालेको अडान

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० अषाढ २३, शनिबार (१ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

असार २३, काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजीनामा नदिए संसद बैठक चल्न नदिने अडान राखेको छ ।

बैठक चलाउनका लागि अहिले बसिरहेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमालेले प्रधानमन्त्रीले राजीनामा दिनु पर्ने त्यसमा तलमाथि नहुने अडान राखेको छ ।

एमालेले राजीनामाभन्दा तल आउन नसकिने बताएको छ। माओवादी र काँग्रेसले पहिला प्रधानमन्त्रीलाई संसदमा सम्बोधन गर्न त दिनुस् भनेका छन्,’ बैठकमा सहभागी एक नेताले बताए ।

गत सोमबार सरदार प्रितम सिंह’ लेखिएको पुस्तक विमोचनका क्रममा प्रधानमन्त्री प्रचण्डले सिंह आफूलाई प्रधानमन्त्री बनाउन धेरै पटक दिल्ली गएको विवादास्पद अभिव्यक्ति दिएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस