कोसी प्रदेश सरकारबारे आज फैसला सुनाइने

  • अनलाइन केन्द्र
  • / तस्विर /
  • २०८० श्रावण ११, बिहिबार (९ महिना अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

साउन ११, काठमाडौँ । कोसी प्रदेश सरकारको संवैधानिक वैधानिकतासम्बन्धी विवादको सुनुवाई बुधबार सकिएको छ । उक्त विवादको फैसला भने आज विहीबार सुनाउने भएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा। आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा उक्त रिट निवेदनमाथिको बहस सकिएपछि बुधबार हेर्दाहेर्दैमा राखेर आजको लागि फैसला सारिएको हो । सर्वोच्च अदालतबाट आउने फैसलाले उद्धव थापा नेतृत्वको कोसी प्रदेश सरकारको भविष्य निर्धारण गर्नेछ ।

कोसी प्रदेश कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई असंवैधानिक रूपमा मुख्यमन्त्री नियुक्त गरिएको भन्दै पूर्व मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीका तर्फबाट सर्वोच्च अदालतमा असार २२ गते रिट निवेदन दर्ता गरिएको थियो ।

सरकार गठनमा सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर प्रयोग गरिएको भन्दै कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री थापा र सभामुख गौतमलाई विपक्षी बनाएर रिट निवेदन दिएका थिए । रिट निवेदनमा कार्कीले आफूलाई मुख्यमन्त्री नियुक्त गर्न परामादेशको मागसमेत गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस