प्रदेश प्रमुखद्वारा कोशीमा नयाँ मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान

  • अनलाइन केन्द्र
  • / तस्विर /
  • २०८० श्रावण १२, शुक्रबार (९ महिना अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

साउन १२, काठमाडौँ । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले नयाँ मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गरेका छन् ।

विज्ञप्ति जारी गर्दै प्रदेश प्रमुख खापुङले साउन १६ गते साँझ ५ बजेसम्म दाबी पेश गर्न आह्वान गरेका हुन् ।

‘नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम कोशी प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने कोशी प्रदेश सभाको सदस्यलाई कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ति गरी कोशी प्रदेश सरकार गठन गर्ने प्रयोजनका लागि मिति साउन गते मंगलबार अपरान्ह ५ बजेभित्र आफ्नो दाबी पेस गर्न कोशी प्रदेशका माननीय प्रदेश प्रमुख परशुराम खापुङ्गज्यूले आह्वान गर्नुभएको छ’, विज्ञप्तिमा भनिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस