कोशी सरकार गठनमा अन्यौल : प्रधानमन्त्री निवास बालुवाटारमा छलफल

Post Thumbnail

साउन १३, काठमाण्डौँ । कोशी प्रदेश सरकार गठनका विषयमा सत्तारुढ दलका शीर्ष नेताहरूबीच शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, महामन्त्री विश्वप्रकाश शर्मा र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलासँग छलफल गरेका हुन् । कोशीमा कसरी सरकार गठन गर्ने भन्ने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सर्वोच्च अदालतले कांग्रेस नेता उद्धव थापाको नेतृत्वमा गठन भएको सरकारलाई बदर गरिदिएको छ। सभामुख बाबुराम गौतमको हस्ताक्षरका आधारमा सरकार गठन गर्नु संविधान प्रतिकूल भएको भन्दै सर्वोच्चले बदर गरेको थियो। यससँगै सर्वोच्चले साउन १७ गतेसम्म नयाँ सरकार गठनका लागि म्याद दिएको छ ।

सर्वोच्चको आदेशअनुसार, प्रदेश प्रमुख परशुराम खापुङले साउन १६ गते साँझ ५ बजेभित्र मुख्यमन्त्रीका लागि दाबी पेश गर्न समय दिएका छन्। उनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वान गरेका हुन् । यसमा दुई वा दुईभन्दा बढी दलको समर्थनमा सकार गठन गर्न सकिने व्यवस्था छ ।

ताजा अपडेट

खोजी गर्नुहोस