कोशी प्रदेश सरकारले आज विश्वासको मत नपाउने निश्चित

Post Thumbnail

भाद्र ४, काठमाडौँ । कोशी प्रदेश सरकार खतरामा परेको छ । आज विश्वासको मत लिने तयारी गरेको प्रदेश सरकारले आफ्नै गठबन्धनका एक सांसदले प्रदेशसभा बैठक संचालन गर्नुपर्ने परिस्थिति आइलागेपछि विश्वासको मत नपाउने भएको हो । उपसभामुख सृजना दनुवार आज बिहानै काठमाडौं हिँडेपछि सत्तारुढ गठबन्धनका सांसद इस्राइल मन्सुरीले बैठक संचालन गर्नुपर्ने भएको छ ।

कोशी प्रदेशमा सभामुख छैनन् । सभामुख बाबुराम गौतमले राजीनामा दिएर सरकारलाई समर्थन गरेपछि मात्रै यहाँ प्रदेश सरकार गठन हुन सकेको हो । ९३ सदस्यीय प्रदेशसभामा सत्तारुढ गठबन्धनको ४७ मत मात्र छ । यसमा एक सिट मात्रै कम भएमा प्रदेश सरकारले विश्वासको मत पाउँदैन ।

प्रदेशसभामा सभामुखलाई सहयोग गर्नका लागि ४ सदस्यीय अध्यक्ष मण्डल बनाइएको छ । प्रदेशसभा नियमावलीअनुसार सभामुख र उपसभामुख दुवै नभएको अवस्थामा अध्यक्ष मण्डलका सदस्यले बैठकको अध्यक्षता गर्नुपर्ने हुन्छ । सभामुखले राजीनामा दिइसकेको र उपसभामुख अनुपस्थित भएको अवस्थामा आजको बैठक संचालन गर्ने जिम्मेवारी अध्यक्ष मण्डलमाथि जान्छ ।

ताजा अपडेट

खोजी गर्नुहोस