कोशीका मुख्यमन्त्रीले लिएको विश्वासको मत बिरुद्ध एमाले सर्वोच्च अदालत जाँदै

Post Thumbnail

भाद्र ६, काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको बिश्वासको मत अबैधानिक मान्दै नेकपा एमाले सर्वोच्च अदालतमा मुद्दा दर्ता गराउँदै छ। संविधान र कानुनविपरीत सभाध्यक्षको भोटले प्रदेशसभाबाट गत सोमबार मुख्यमन्त्री थापाले विश्वासको मत लिएको भन्दै एमालेले सर्वोच्च अदालतमा मुद्दा दर्ता गराउन लागेको हो ।

एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले मुख्यमन्त्री थापाले असंवैधानिक रूपमा लिएको विश्वासको मतको विरोधमा मुद्दा आज दर्ता गराउने जानकारी यसअघि नै दिइसकेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस