गगनको सुझाव : ‘अपराधको राजनीतिकरण गर्ने विधेयकको भारी नबोक्नुस्’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० भाद्र १२, मंगलबार (१ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

भाद्र १२, काठमाडौँ । सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले संसदमा पेश गरेको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० को विरोध गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले अपराधको राजनीतिकरण गर्ने विधेयकको भारी कांग्रेसले नबोल्ने बताए । उनले भने, ‘प्रधानमन्त्रीजीलाई म यहीबाट भन्न चाहन्छु मसँग बहुमत छ । यहाँ आएको सबै सांसदहरु थपडी बजाउन आएका होइनन् । हामीलाई हेपेको कुरा स्वीकार्य हुँदैन । यो विधेयकका यतिधेरै प्रश्नहरु छन् । यो विधेयक मात्रै होइन यो संसदलाई जुन ढंगले व्यवहार गरिएको छ । जे गरे पनि हुन्छ भन्ने ठानिएको छ । प्रधानमन्त्री ज्यू अब नयाँ ढंगले कुराहरुको सामना गर्न तयार हुनुहोला ।’ उनले संसदीय व्यवस्थामा सरकारलाई आफूसँग बहुमत भएकाले जे ल्याए पनि पारित हुन्छ भनेर सांसदहरुलाई हेपेको टिप्पणी गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस