रास्वपाले मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम गर्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० भाद्र १५, शुक्रबार (१ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

भाद्र १५, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम गर्ने भएको छ। यही भदौ १६ गते शनिबार र १७ गते आइतबार प्रशिक्षण कार्यक्रम गर्ने भएको हो ।

पछिल्लो राजनीतिक घटनाक्रम, पार्टी, नीति–सिद्धान्त र दृष्टिकोणमा आधारित रहेर प्रशिक्षण आयोजना गर्न लागिएको राष्ट्रिय स्वतन्त्र पार्टीले जानकारी दिएको छ । पार्टी सभापति रवि लामिछाने, प्रशिक्षण विभाग प्रमुख अनील केशरी शाहलगायतले प्रशिक्षण दिने कार्यसूची रहेको रास्वपाले जानकारी दिएको छ ।

त्यस्तै भदौ २२ र २३ गते बागमती प्रदेशमा प्रशिक्षण सञ्चालन गरिने उपसभापति अर्यालले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस