प्रधानमन्त्रीले चीन भ्रमणका बेला चुच्चे नक्साबारे कुरा उठाउने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० भाद्र १५, शुक्रबार (१ साल अघि)
  • ४० पटक पढिएको
Post Thumbnail

भाद्र १५, काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनले जारी गरेको नयाँ नक्साबारे चीन भ्रमणकै बेला कुरा उठाउने भएका छन् ।
शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता अग्नी सापकोटाले प्रधानमन्त्री प्रचण्डले चीन भ्रमणमा गएका बेला यस विषयमा कुरा उठाउने बताए ।

गत मंगलबार चीनले आफ्नो देशको नक्सा सार्वजनिक गरेको थियो। उक्त नयाँ नक्सामा नेपालले २०७७ जेठ महिनामा जारी गरेको चुच्चे नक्सा समेटिएको छैन । प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा जानै लाग्दा चीन सरकारबाट जारी भएको नक्सामा नेपालको नयाँ नक्सा नभएपछि त्यसबारे कुरा उठाउनुपर्ने माग जनस्तरबाट उठेको छ । यद्यपि सरकार भने यो विषयमा अहिलेसम्म मौन छ ।

ताजा अपडेट

खोजी गर्नुहोस