भाद्र १५, काठमाडौँ । नेकपा माओवादी केन्द्रले जनतासँग माओवादी विशेष रुपान्तरण अभियान शनिबारदेखि सुरु गर्ने भएको छ ।
माओवादीले गत साउन १७ गतेदेखि २१ गतेसम्म बसेको केन्द्रिय कमिटी बैठकको निर्णय अनुरुपको जनतासँग माओवादी विशेष रुपान्तरण अभियान देशभरका सबै वडामा शनिवार एकैसाथ सुरु गर्ने भएको हो ।
शुक्रबार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडाँमा पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले शनिबार बिहान ९ बजे प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालले भर्चुअल माध्यमबाट अभियानको उद्घाटन गर्ने जानकारी दिए । त्यसैगरी शनिबार नै दिउँसो १ बजे सबै वडाहरुले कार्यक्रम राखि अभियानको प्रारम्भ गर्ने बताए ।