सिंहदरबारमा आगो लगाइदिने बालेनको धम्की

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८० भाद्र १७, आईतबार (१ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

भाद्र १७, काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सिंहदरबारमा आगो लगाउने धम्की दिएका छन् ।

शनिबार राति सामाजिक सञ्जालमा लेख्दै बालेनले सरकारप्रति आक्रोश पोख्दै आगो लगाउने चेतावनी दिएका हुन् । सरकारले महानगरको गाडी रोकेको भन्दै बालेनले आक्रोश पोखेका हुन् ।

उनले सरकारलाई चोर सरकारको संज्ञासमेत दिएका छन् ।
‘आजको लागि केही भएन, भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने, सिंहदरवारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार,’ उनले लेखेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस