नेकपा एमाले लुम्बिनी प्रदेश अधिवेशन मतदान भोलि हुने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० भाद्र १७, आईतबार (१ साल अघि)
  • २९ पटक पढिएको
Post Thumbnail

भाद् १७, बुटवल । अध्यक्षका दाबेदारहरुबीच सहमति जुट्न नसक्दा नेकपा एमाले लुम्बिनी प्रदेश अधिवेशन मतदान प्रक्रियातर्फ बढेको छ । अध्यक्ष पदमा पाल्पाका राधाकृष्ण कँडेल र प्युठानका हरि रिजाल दाबेदार छन् ।

कंडेल एक वर्षअघि गठन भएको प्रदेश अध्यक्ष हुन् भने रिजाल पूर्वप्रदेश मन्त्री एवं एमाले केन्द्रीय सदस्य हुन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन समारोह र आइतबार बिहान बन्द सत्रमा पनि सहमतिबाट नेतृत्व चयन गर्न आग्रह गरेका थिए ।

तर कसैले पनि दाबी नछोडेपछि सहमतिको सम्भावना करिब टरेको नेताहरु बताउँछन् । रिजाललाई पार्टी महासचिव शंकर पोखरेल निकटका नेताहरु प्रदेश सांसदहरु चेतनारायण आचार्य, भूमिश्वर ढकाल, शिवराज सुवेदी लगायतले समर्थन गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस