स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत आज इजिप्ट प्रस्थान

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० भाद्र १८, सोमबार (१ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

भाद्र १८, काठमाडौँ । स्वास्थ्य तथा जनसंखयामन्त्री मोहनबहादुर बस्नेत आज इजिप्ट प्रस्थान गरेका छन् । भोलिदेखि इजिप्टको कायरोमा सुरु हुन लागेको जनसंख्या, स्वास्थ्य तथा विकाससम्बन्धी विश्व सम्मेलनमा भाग लिन मन्त्री बस्नेत आज इजिप्ट प्रस्थान गरेको उनका प्रेस संयोजक रामचन्द्र दुलाले जानकारी दिए ।

उनका अनुसार इजिप्टमा मन्त्री बस्नेतले सम्मेलनलाई सम्बोधन गर्नुका साथै इजिप्टका स्वास्थ्यमन्त्रीसँग दुई पक्षीय बैठक तथा दक्षिण पूर्वएसियाका स्वाथ्यमन्त्रीसँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ । उनको साथमा मन्त्रालयका सचिव विकास देवकोटा समेत रहेका छन् । मन्त्री बस्नेत यही भदौ २४ गते स्वदेश फर्किनु हुने कार्यक्रम छ ।

ताजा अपडेट

खोजी गर्नुहोस