एमाले लुम्बिनी अधिवेशन : ९६ प्रतिशत मत खस्यो, नतिजा आजै आउने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० भाद्र १९, मंगलबार (१ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

भाद्र १९, बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको नयाँ नेतृत्वका लागि बुटवलमा भएको मतदानमा ९६ प्रतिशत मत खसेको छ। मंगलबार प्रदेशभरीका एक हजार ५ जना मतदातामध्ये ९ सय ६५ जनाले मतदान गरेको निर्वाचन मण्डलले जनाएको छ ।

आजै मतगणना सुरु हुने र राति अबेरसम्म नतिजा सार्वजनिक हुने निर्वाचन मण्डलले बताएको छ । बुटवलको चर्को गर्मीमा लाइन लागेर मतदाताहरूले नेतृत्वका लागि मतदान गरेका छन् ।

प्रदेश कमिटी अध्यक्ष सहितको पदमा प्यानल नै बनाएर दुवै पक्ष चुनावमा होमिएका छन् । अध्यक्ष पदका लागि पाल्पाका राधाकृष्ण कँडेल र प्यूठानका हरिप्रसाद रिजाल प्रतिस्पर्धामा छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस