कमिशन

अग्रिम कमिशनको खेल : वीरगंज पोखरियाका संजय पाण्डेको कर्तुत सार्वजनिक !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ बैशाख ३१, सोमबार (१ साल अघि)
  • ११६ पटक पढिएको
अग्रिम कमिशनको खेल : वीरगंज पोखरियाका संजय पाण्डेको कर्तुत सार्वजनिक !

दिपू वर्णवाल

बैशाख ३१, वीरगंज । पोखरिया नगरपालिकाका योजना शाखा प्रमुख संजय पाण्डेले मेयर प्रधुन चौहानलाई प्रभावमा पारेर योजना बिक्री गरिरहेको सामाचार प्राप्त भएको छ ।

पोखरिया नगरपालिकामा हालीमुहाली रहेका पाण्डेले विभिन्न ठेक्दारहरुसंग विकास निर्माणको योजना उपलब्ध गराइदिने भन्दै अग्रिम कमिशन असुल्दै आएका छन् । समाचार स्रोतका अनुसार उनले एउटै योजनाको लागि २र३ जना ठेक्दारसंग कमिशन वापतको रकम असुल्दै आएका छन् ।

योजना कै लागि उनको अघिपछि दिनहुँ विभिन्न ठेक्दारहरु घुमिरहेको प्रत्यक्ष रुपमा देख्न सकिन्छ । तत्कालिन जिल्ला विकास समितिको जिन्सि शाखा प्रमुख हुँदादेखि नै ठेक्दारसंग सेटिङ मिलाउन माहिर मानिएका उनी पोखरिया नगरपालिकामा त्यँही काम गर्दै आएका छन् ।

उनले जिल्ला विकास समितिको जिन्सि शाखाको फर्छौट पनि हाल सम्म गरेका छैनन् । उनी जिल्ला बिकास समितिका जिन्सी शाखा प्रमुख हुँदाको समयमा खरिद गरिएका सामानको रेकर्ड पनि हालको जिल्ला समन्वय समितिमा बुझाएका छैनन् । जिल्ला समन्वय समितिबाट पोखरिया नगरपालिका गएपछि त्यहाँ भए गरेको कामको फर्छौट गरेर जानु पर्नेमा उनी पहुँचको आधारमा हाल सम्म गरेका छैनन् ।

जिल्ला समन्वय समितिले पाण्डेलाई जिन्सि शाखाको पर्छौट गर्न बारम्बार पत्रचार गर्दा पनि उनले राजनीतिक पहुँचको आधारमा उन्मुक्ति पाउँदै आएका छन् । तत्कालिन जिल्ला विकास समितिमा भएको भ्रष्टाचारको पोल खुल्ने डरले उनले फर्छोट नगरेको जानकारहरु बताउँछन् ।

पोखरिया नगरपालिकाका यस अघिका मेयर दिपनारायण रौनियारसंग पनि नजिक रहेका पाण्डेले हालका मेयर चौहानसंग पनि उतिकै नजिक रहेका छन् । मेयर चौहानका साथ साथै प्रमुख प्रशासकिय अधिकृत अजय श्रीवास्तवलाई पनि आर्थिक प्रभावमा पारि विकास निर्माणका योजनाहरु उनले कमिशनको आधारमा बिक्री गर्ने गरेका कारण गुणस्तरिय विकास निर्माणको काम हुन नसकेको स्थानियहरुले वताएका छन् ।

#वीरगंज #कमिशन असुल्दै

ताजा अपडेट

खोजी गर्नुहोस