रिङरोडको तेस्रो खण्ड नेपालकै लगानिमा बनाउन अर्थमन्त्रीसँग प्रदिप पौडेलको माग

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८१ जेष्ठ १, मंगलबार (१ साल अघि)
  • १०९ पटक पढिएको
रिङरोडको तेस्रो खण्ड नेपालकै लगानिमा बनाउन अर्थमन्त्रीसँग प्रदिप पौडेलको माग

जेठ १, काठमाण्डौँ ।  सांसद एबं कांग्रेस नेता प्रदिप पौडेलले अर्थमन्त्री बर्षमान पुनलाई भेटेर रिङरोड तेस्रो खण्ड बसुन्धरा देखि धोबिखोलासम्मको विस्तार गर्ने परियोजनालाइ नेपालकै लगानिमा बनाउने गरि आगामी बजेटमा समाबेश गर्न माग गरेका छन् ।

सरकारले आगामी बर्षको बजेट ल्याउने तयारी गरिरहदा नेता पौडेलले आज अर्थमन्त्री पुनलाई भेटेर रिङरोड तेस्रो खण्ड अण्डरपाससहित बसुन्धरा देखि धोबिखोला सम्म नेपालकै लगानिमा बनाउने गरि काम थाल्न माग गरेका हुन् ।

रिङरोड बिस्तारको दोश्रो खण्ड कलंकी देखि बसुन्धारा सममको काम नेपालले गरिरहेको र चिन पक्षबाट हालसम्म पनि कामको प्रकृया शुरु नभएकोले तेस्रो खण्डको निर्माण अनिस्चित बनेको पौडेलले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस