आर्थिक संरचना

‘बलियो आर्थिक संरचना सिर्जना गर्ने नीति सरकारको छ’ : प्रधानमन्त्री दाहाल

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ जेष्ठ २, बुधबार (१ साल अघि)
  • ११६ पटक पढिएको
‘बलियो आर्थिक संरचना सिर्जना गर्ने नीति सरकारको छ’ : प्रधानमन्त्री दाहाल

जेठ २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले नवप्रवर्तन र उद्यमशीलता विकास गरी सरकारले बलियो आर्थिक संरचना निर्माण गर्ने नीति लिएको बताएका छन् । उनले यो नीतिले अन्तर्राष्ट्रिय साझेदारी बढाउने र आर्थिक विस्तारमा सहयोग पुग्ने अपेक्षा व्यक्त गरे ।

बुधबार काठमाडौंमा नेपाल–युरोपेली संघबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सवका अवसरमा आयोजित ‘नेपाल–इयु व्यापार मञ्च’को उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले सरकार व्यवसायका लागि खुलापन सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताए । ‘सरकारले नवप्रवर्तन र उद्यमशीलताको संस्कृतिलाई बढवा दिने नीति लिएको छ । बलियो आर्थिक संरचना सिर्जना गर्ने नेपालको नीतिले अन्तर्राष्ट्रिय साझेदारी बढाउँछ र आर्थिक विस्तारमा सहयोग गर्छ’ दाहालले भने ।

# पुष्पकमल दाहाल

ताजा अपडेट

खोजी गर्नुहोस