नीति तथा कार्यक्रम

सरकारको नीति तथा कार्यक्रम जेठ ९ गते प्रतिनिधि सभाबाट पारित हुने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ जेष्ठ २, बुधबार (१ साल अघि)
  • १५० पटक पढिएको
सरकारको नीति तथा कार्यक्रम जेठ ९ गते प्रतिनिधि सभाबाट पारित हुने

जेठ २, काठमाडौँ । सरकारको आगामी आर्थिक वर्ष २०८१,८२ को वार्षीय नीति तथा कार्यक्रम प्रतिनिधि सभाबाट जेठ ९ गते पारित हुने भएको छ । प्रतिनिधिसभाले तय गरेको सम्भावित कार्यसूची अनुसार जेठ ३ गतेबाट सभामा सरकारको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ हुने र ९ गते पारित गर्ने उल्लेख छ ।

सम्भावित कार्यतालिका अनुसार जेठ ४ , ६, ७ र ८ गते नीति तथा कार्यक्रममाथि छलफल हुनेछ । त्यसपछि ९ गते छलफल गरेर निर्णयार्थ प्रस्तुत गर्ने तयारी छ । सम्भावित कार्यसूचीमा निर्णयार्थ पेश गर्नु अगाडि शून्य सयम, विशेष समय, प्रधानमन्त्रीबाट वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ, प्राप्त संशोधनहरु र वार्षिक नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गरिने उल्लेख छ ।

ताजा अपडेट

खोजी गर्नुहोस