सत्ता गठबन्धन

प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष ओली र गृहमन्त्री लामिछानेबीच छलफल

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ जेष्ठ २, बुधबार (१ साल अघि)
  • १२४ पटक पढिएको
प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष ओली र गृहमन्त्री लामिछानेबीच छलफल

जेठ २, काठमाडौँ । संसदमा देखिएको अवरोध हटाउन सत्ता गठबन्धनका शीर्ष नेताहरुले आज भेटवार्ता गर्दैछन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबीच संसदको अवरोध हटाउने विषयमा भेटवार्ता हुन लागेको हो ।

अहिले प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री लामिछानेबीच छलफल शुरु भएको र एमाले अध्यक्ष ओली केहीबेरमा नै बैठकमा पुग्ने बताइएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समितिको माग गर्दै संसद अवरोध गरिरहेको छ । कांग्रेसले संसदीय छानबिन समितिलाई बटमलाइन बनाएर संसदको अवरोध जारी राखेपछि सरकार अप्ठ्यारोमा परेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस