कांग्रेस–नेकपा एसको संसदमा एकै स्वर

सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाउन नेकपा एसको माग

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८१ जेष्ठ ३, बिहिबार (१ साल अघि)
  • १०९ पटक पढिएको
सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाउन नेकपा एसको माग

जेठ ३,काठमाडौँ । नेकपा एकीकृत समाजवादीले सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाएर दोषीमाथि कारबाही गर्न माग गरेको छ ।
ललितपुरको बालकुमारीमा बसेको पार्टीको आठौं बैठकको निर्णय सार्वजनिक गर्दै पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सहकारी संस्थाले अधिकारको दुरुपयोग गरेको बैठकको निष्कर्ष सुनाएका हुन् ।

‘कतिपय सहकारी संस्थाले अधिकारको दुरुपयोग गरी सर्वसाधारण जनताको बचत अपचलन गरेर ठूलो धनराशी दुरुपयोग गरेर आर्थिक तथा वित्तीय अपराध गरेका दुखद घटना सार्वजनिक भइरहेका छन्’, उनले भने, ‘यस सन्दर्भमा गृहमन्त्रीको समेत संलग्नताको समाचार प्रकाशित भएको छ । यो बैठक समग्र समस्या समाधानका लागि छानविन समिति गठन गरी दोषीमाथि कडा कारबाही गर्न माग गर्दछ ।’

बैठकले आउँदो मनसुनमा सरदरभन्दा धेरै वर्षात हुने प्रक्षेपण गरिएकाले त्यसका लागि आवश्यक पूर्वतयारी गर्न पनि सरकारसँग माग गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस