कांग्रेस

कांग्रेस पदाधिकारी बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / नेपाली कांग्रेस /
  • २०८१ अषाढ १७, सोमबार (१० महिना अघि)
  • ७० पटक पढिएको
कांग्रेस पदाधिकारी बैठक बस्दै

असार १७, काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा बस्नेछ ।

पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न सभापति देउवाले पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएका हुन् ।
सभापति देउवाले गत शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेपछि राजनीतिक वृत्त तरङ्गित भएको समयमा कांग्रेस पदाधिकारी बैठक बस्न लागेको हो ।

#कांग्रेस

ताजा अपडेट

खोजी गर्नुहोस