भ्रष्टाचारमा हदम्याद राख्ने विपक्षमा उभिने रास्वपाको निर्णय

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ श्रावण २९, मंगलबार (९ महिना अघि)
  • ८२ पटक पढिएको
भ्रष्टाचारमा हदम्याद राख्ने विपक्षमा उभिने रास्वपाको निर्णय

साउन २९, काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले भ्रष्टाचारका सम्बन्धमा पाँच वर्षे हदम्याद राख्ने प्रस्तावको विपक्षमा उभिने निर्णय गरेको छ ।
आज बसेको संसदीय दलको बैठकले हदम्यादको विपक्षमा उभिने निर्णय गरेको हो । ‘त्यो कुनै हालतमा स्वीकार्य हुँदैन । भ्रष्टाचारको मुद्दामा कुनैपनि बेला मुद्दा चल्न सक्छ ।

विगतमा गरेका भ्रष्टाचारबाट उन्मुक्ति पाउने दलहरूको प्रयास देखिन्छ । यसमा रास्वपालाई स्वीकार्य छैन र यसबारेमा पनि सदनमा उठाउने छौँ’, प्रमुख सचेतक सन्तोष परियारले भने । बैठकले प्रस्तावित जलन सम्बन्धी गैरसरकारी विधेयक अघि बढाउने निर्णय पनि गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस