शीर्षस्थानको गुजरातलाई लखनउले हरायो

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८२ जेष्ठ ९, शुक्रबार (८ घण्टा अघि)
  • ४४ पटक पढिएको
शीर्षस्थानको गुजरातलाई लखनउले हरायो

जेठ ९, काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपीएल) मा लखनउ सुपर जाइन्ट्सले शीर्षस्थानको गुजरात टाइटन्सलाई ३३ रनले हराएको छ ।

जितको लागि २ सय ३६ रनको लक्ष्य पछाएको गुजरात २० ओभरमा ९ विकेट गुमाउँदै २ सय २ रनमा समेटियो । ओपनर साइ सुदर्शन २१ रनमा, कप्तान शुभमन गील ३५, जोश बटलर ३३ रन बनाए ।

शेफने रूदरफोर्ड ३८ रनमा र साहरुख खानले ५७ रन जोडे भने अन्य खेलाडी क्रिजमा टिक्न सकेनन् । लखनउका विल ओले ३ विकेट लिए । आभेस खान र आयुष बदोनी ले २–२ विकेट लिए ।

त्यसअघि अहमदाबादमा टस हारेर ब्याटिङ गरेको लखनउले २० ओभरमा २ विकेट गुमाउँदै २ सय ३५ रन बनाएको थिया । लखनउका लागि एडन मारक्रमले ३६ रन तथा मिचेल मार्षले ६४ बलमा १ सय १७ रनको उत्कृष्ट सतकीय पारी खेले ।

यस्तै पुरनले २७ बल खेल्दै अविजित ५६ रन जोडे । कप्तान ऋशभ पन्त अविजित १६ रन बताए । गुजरातका साइ किशोर र अर्शद खानले १(१ विकेट लिए ।

लिग तालिकामा शीर्ष स्थानका रहेको गुजरातको १८ अङ्क छ । १२ अङ्क रहेको लखनउ भने आईपीएलबाट बाहिरिसकेको छ ।

आईपीएलमा आज रोयल च्यालेन्जर्स बेङ्गलुरु र सनराइजर्स हैदराबाद खेल्दैछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस