यो सरकार बनाउन लागेको सांसद म होइन्, तर यसको रक्षाका लागि उभिन्छु : गगन थापा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ श्रावण २९, मंगलबार (९ महिना अघि)
  • ८० पटक पढिएको
यो सरकार बनाउन लागेको सांसद म होइन्, तर यसको रक्षाका लागि उभिन्छु : गगन थापा

साउन २९, काठमाण्डौँ ।  नेपाली कांग्रेसका सांसद गगन थापाले केपी ओली नेतृत्वको सरकार निमार्ण गर्न आफू नलागेको बताएका छन् । नेपाली कांग्रेस र नेकपा एमालेबीचमा नयाँ सरकार गठन प्रक्रियामा सामेल नभए पनि रक्षाका लागि उभिने थापाले बताए । ‘यो सरकार गठन प्रक्रियामा संलग्न सांसद म होइन तर, यो सरकारको रक्षा मैले गर्नेछु,’ उनले भने ।

‘४० प्रतिशत मत ल्याउने पार्टीलाई एकल सरकार चलाउन दिने गरी संविधान संशोधन गरौं’
कांग्रेसका सांसद गगन थापाले ४० प्रतिशत मत ल्याउने पार्टीलाई एकल सरकार बनाउन दिने गरी संविधान संशोधन गर्न सकिने बताएका छन् । प्रतिनिधिसभाको जारी बैठकको बिशेष समयमा बोल्दै थापाले ४० प्रतिशत मत ल्याउने पार्टीलाई एकल सरकार चलाउन दिने गरी संविधान संशोधन गर्न सकिने उपायतिर जान सकिनेछ ।

‘संविधान संसोधनको कुराले धेरै जना आत्तिएको देख्छु तर आत्तिनु पर्दैन्, प्रतिनिधिसभा र राष्ट्रियसभालाई अझ बढी समावेशी र समानुपातिक प्रतिनिधित्व गराउने गरी संविधान संशोधन गर्नुपर्छ,’ थापाको प्रस्ताव छ, ‘बरु, ४० प्रतिशत मत ल्याउने पार्टीलाई एकल सरकार चलाउन पाउने गरी बरु सरकार चलाउन दिनुपर्छ, यसमा छलफल गरौं,’ थापाले भने  ।
‘भुटानी शरणार्थी, गिरिबन्धु र बिद्युत महसुलमा सत्यतथ्य छानबिन होस्’
कांग्रेसका सांसद गगन थापाले भुटानी शरणार्थी, गिरीबन्धु र बिद्युत मस्यौदा असुलीमा तलमाथि गर्न नहुने बताएका छन् । प्रतिनिधिसभाको जारी बैठकको बिशेष समयमा बोल्दै थापाले भुटानी शरणार्थी प्रकरणमा हालसम्म भएका अनुसन्धानमा नै टेकेर थप अनुसन्धान गर्नु पर्ने, सर्वोच्च अदालतले दिएको आदेश अनुसार गिरिबन्धुको मुद्दा टुंग्याउने पर्ने र बिद्युत महशुल बक्यौंता कानुन अनुसार असुल गर्नुपर्ने समेत जनाएका छन् ।

‘हिजो हामी प्रतिपक्षमा बस्दा जे–जे बोलेका छौं, यतापट्टि कुर्सी (सत्तापक्ष) मा बस्दा पनि त्यही बिषय उठाउने छौं,’ उनले भने, ‘भुटानी शरणार्थी, गिरिबन्धु र बिद्युत मस्यौदा शुल्कका बारेमा उहीँ धारणा रहेको छ, यसको सत्यतथ्य छानबिन हुन्छ ।’ उनले यी तीनै बिषयलाई सरकारले सत्यतथ्य रुपमा छानबिन गर्नुपर्नेमा जोड गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस